बुँदा टिपोटको परिचय
कुनै पाठमा रहेको मुख्य वा गाँठी कुराको एकाइलाई बुँदा भनिन्छ । बुँदाले विशेष
सूचना भएको पाठको महŒवपूर्ण अंश वा मूल विषयलाई जनाउँछ । यसरी पाठमा रहेको
गाँठी वा सारपूर्ण कुरो बुँदा हो भने त्यही बुँदालाई टिपोट गर्नु नै बुँदा टिपोट हो ।
कुनै सुनेका वा पढेका कुराको सार खिँचेर बुँदागत रूपमा छोटकरीमा स्पष्टसँग
टिप्ने कामलाई बुँदाटिपोट भनिन्छ । सुनेका वा पढेका सबै लामा कुरालाई सम्झन
नसकिने हुँदा तिनीहरूको सार खिँचेर बुँदागत रूपमा टिपेर सूत्रबद्ध गर्दा स्मरण गर्न
सजिलो हुन्छ । यो एक प्रकारको बोक्रा फालेर गुदी लिने प्रक्रिया हो । बुँदागत रूपमा
मूलभाव वा आशय टिप्दा उल्लख गरिएका े े अनुच्छेद वा लेखलाई राम्ररी पढेर बुझ्नु
जरुरी हुन्छ । अर्काले बोलेका वा लेखिएका कुरालाई बुँदागत रूपमा टिपोट गर्ने कठिन
कार्य हो तापनि यसले लेखनमा तीव्रता ल्याउनुका साथै स्मरणशक्ति तिखार्दछ । त्यसैले
आजभोलि व्यक्तिगत अध्ययनदेखि लिएर कुनै घटना वा समाचार सङ्कलनसम्मलाई यसले
निकै ठुलो सहयोग पुगेको छ ।
0 Comments