ज) तार्किक अनुच्छेद ः विषयवस्तुसँग सम्बन्धित तर्कलाई पुष्टि गरेर लेखिएको अनुच्छेदलाई तार्किक अनुच्छेद भनिन्छ, जस्तै ः
के नेपाल सानो छ ? भूमण्डलको नक्सा पल्टाउनुहोस् र हेर्नुहोस् त, नेपालको परिमाण कत्रो छ ? यो सानो बुँद महासागरमा त्यसै बिलाएजस्तो देखिन्छ, यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जत्रो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् ।
यो शान्तिको हरियो राजधानीजस्तो पृथ्वीको सानो प्यारो टुक्रा अघि बढेर देखाउनुभन्दा
आफूलाई छिपाउनमा ज्यादा रुचि देखाउँछ । यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा पसिना काढी हिस्सा लिनुभन्दा त्याग र ज्ञानको गङ्गातिर र
हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ । आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनताको पुजारी हो । आजसम्म लुकामारी खेलेर हिजोको सुनौला प्रभातको सपना
देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, छुट्टा छ तर आफैँ विश्व
छ, दूर छ तर दूरताको दिव्य जादु पनि । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन् किनकि यो पर्वत स्तनको भित्र गहिराइमा छिपेको छ । (के नेपाल सानो छ ?)
0 Comments