(ख) पत्ररचना 

 कुनै व्यक्ति वा संस्थाले तयार पारेको विचार वा भावना आदानप्रदान गर्ने वा 

विचार एक–अर्कासमक्ष पु¥याउने लिखित माध्यमलाई पत्र भनिन्छ । यस्ता पत्रमा 

वैयक्तिक कुरादेखि लिएर सार्वजनिक गर्न हुने औपचारिक कुरासमेत लेखिन्छन् । 

प्राविधिक सञ्चारको सेवा नपुगेका ठाउँहरूमा पत्रको अत्यन्तै महŒव रहेको छ । सजिलो र सर्वसुलभ माध्यम भएको हुँदा पत्रलेखनकार्यको हिजोदेखि आजसम्म पनि महŒव 

यथावत् रहेको छ । पत्र औपचारिक र अनौपचारिक दुबै खालको हुन्छ । पत्रले प्रेषक र 

प्रापकका बीचको सम्बन्धलाई सुदृढ पार्ने काम मात्र नभएर देशविदेशका विभिन्न 

घटनाको यथार्थ सम्प्रेषण गर्ने काम पनि गर्छ । पत्रको साथीभाइ–इष्टमित्रहरूसँग सम्पर्क कायम गर्न, औपचारिक संघसंगठन तथा कार्यालयमा व्यवहार गर्न एवं उद्योगव्यवसाय 

संचालन गर्न, आफ्ना कुराको जानकारी अरूलाई दिन, व्यापारिक संस्थाबाट सामान 

मगाउन वा पठाउन, कसैलाई निमन्त्रणा गरी बोलाउन, शुभकामना दिन, कनु ै व्यक्ति 

वा संस्थाको उत्पादनको विज्ञापन गर्न, पदपूर्ति गर्न, विविध सूचना दिन ठूलो महŒव 

रहेको छ । पत्रमा अनावश्यक कुराहरू लेख्नु हुँदैन भने पत्र लेख्दा विधिपूर्वक सरल, 

स्पष्ट र प्रभावकारी रूपमा लेख्नु पर्छ । पत्र गद्य भाषामा लेखिन्छ । यसको संरचना 

आदि, मध्य र अन्त्य गरी तीन भागमा विभाजित रहेको हुन्छ । पत्रहरूलाई विषयवस्तुका 

आधारमा वैयक्तिक, कार्यालयीय, व्यापारिक, औपचारिक आदि विभिन्न प्रकारमा 

विभाजन गर्न सकिन्छ । वैयक्तिक पत्रमा घरायसी पत्र, कार्यालयीय पत्रमा निवेदन, 

आदेशपत्र, बिन्तीपत्र आदि पर्दछन् भने व्यापारिक पत्रमा मागपत्र, आपूर्तिपत्र तथा 

औपचारिक पत्रमा निमन्त्रणापत्र, बधाइपत्र, प्रशंसापत्र, अभिनन्दनपत्र आदि पर्दछन् ।