ख. सूचना लेख्दा ध्यान दिनुपर्ने कुराहरू 

(क) सूचनाको सिरानमा उपयुक्त शीर्षक राख्ने, 

(ख) शीर्षकअनुसारको मुख्य विषयवस्तुलाई मात्र प्रस्तुत गर्ने, 

(ग) सरल, सुबोध, स्पष्ट भाषा र आकर्षक शैलीमा लेख्ने, 

(घ) सूचनामा तिथिमिति, स्थान, स्पष्टसँग लेख्ने, 

(ङ) सूचना प्रकाशित गर्ने संस्थाको नाम सबैभन्दा माथि वा तल दिने, 

(च) सूचनामा सामान्य रूपमा कर्मवाच्यको प्रयोग गर्ने

(छ) यो तीनओटै कालमा रहन सक्ने, 

(ज) कर्तृवाच्यको वाक्य आएमा सामान्य वर्तमान वा विध्यर्थमा राख्ने ।