२. सूचना
क. सूचनाको परिचय
कुनै व्यक्ति वा संस्थाले सर्वसाधारणलाई कुनै विशेष कार्यक्रम वा विषयका बारेमा
जानकारी दिनका लागि रेडियो, टेलिभिजनबाट वा पत्रपत्रिकामा प्रकाशन गरेर एवं पर्चा, पम्प्लेड, भित्तेलेखन, तुल, व्यानरका माध्यमबाट प्रवाह गरिएको सन्देशलाई सूचना
भनिन्छ ।
सूचना कर्यालयको सूचनापाटीमा वा सार्वजनिक स्थानमा टाँसेर, पत्रिपत्रिकामा
प्रकाशित गरेर वा रेडियो, टेलिभिजन आदिबाट प्रसारण गरेर, तुल, व्यानर आदिमा
टाँगेर, होडिङ बोर्डमा लेखेर, पर्चाका रूपमा बाँडेर वा छरेर सार्वजनिक गरिन्छ । यसरी
प्रसारित गरिने सूचनामा परीक्षासम्बन्धी, छात्रवृत्तिसम्बन्धी, भर्नासम्बन्धी, बिदासम्बन्धी,
अनुच्छेदलेखन र पत्ररचना÷ज्ञठछ
तालिमसम्बन्धी, स्वास्थ्यसम्बन्धी, पक्राउसम्बन्धी, कफ्र्युसम्बन्धी, बन्दहडतालसम्बन्धी,
जुलुसआमसभासम्बन्धी, हकदाबीसम्बन्धी, बोलपत्रसम्बन्धी, प्रेसविज्ञप्तिसम्बन्धी,
लिलामसम्बन्धी आदि पर्दछन् ।
सूचना सर्वसाधारणलाई जानकारी दिन र बाध्यात्मक परिस्थितिमा पालना गर्न प्रसारित गरिन्छ ।
ख. सूचना लेख्दा ध्यान दिनुपर्ने कुराहरू
0 Comments