श्रीमान् क्याम्पस प्रमुख 

एस.एस.कलेज 

नयाँठिमी, भक्तपुर 

विषय ः छात्रवृत्ति पाऊ“ भन्ने सम्बन्धमा ।

महोदय, 

 उपर्युक्त सम्बन्धमा मिति २०६४÷०७÷०१ गते प्रकाशित सूचनाअनुसार म विवेक 

साहीले वि.सं. २०६४ को एस.एल.सी. परीक्षामा नेपालको विकट जिल्ला हुम्लाबाट 

प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यार्थी हुँ । अहिले म यसै कलेजको कक्षा ११ को व्यवस्थापन सङ्कायको समूह ‘बी’ मा नियमित रूपमा अध्ययन गरिरहेको छु । यस कलेजबाट लिइएका आन्तरिक र त्रैमासिक परीक्षामा राम्रो अङ्क ल्याएको र 

विविध अतिरिक्त क्रियाकलापमा पनि पुरस्कृत भएको कुरा श्रीमान्लाई अवगत नै छ । तर कृषिकार्यबाट बल्लतल्ल आफ्नो परिवारको गुजारा गर्ने मेरा पिताले अस्ति मात्र 

पठाएको चिठीमा अब भक्तपुरमा बसेर पढ्नको लागि खर्च जुटाउन नसक्ने भएकाले तिमी घर फर्क भन्नुभएको छ । यस्तो अवस्थामा म बाध्य भएर पढाइ छोड्नु पर्ने स्थिति देखिएकाले यस कलेजले प्रदान गर्ने गरिब तथा जेहेन्दार छात्रवृत्ति मलाई उपलब्ध गराई मेरो पढ्ने इच्छालाई पूरा गरिदिनु हुन श्रीमान्समक्ष यो निवेदन पेस 

गरेको छु । आवश्यक प्रमाणपत्रहरू यस निवेदनका साथ संलग्न 

गरेको छु । श्रीमान्को जो आज्ञा । 

संलग्न प्रमाणपत्रहरू

१. गा.वि.स. को सिफारिसपत्र 

२. लब्धाङ्कपत्र 

३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 

 तपार्इंको आज्ञाकारी छात्र

 विवेक साही 

 व्यवस्थापन संकाय 

 समूह ‘बी’ 

 क्रमाङ्क– १