श्रीमान् प्राचार्य
गल्कोट उच्च मा.वि.
जिमुहा, स्याङ्जा
विषय ः सेवा गर्न पाऊ“ ।
महोदय,
उपर्युक्त सम्बन्धमा मिति २०६४÷०३÷०५ गतेको ‘कान्तिपुर राष्ट्रिय दैनिक
पत्रिका’ मा प्रकाशित विज्ञापनमा उल्लेख भएअनुसार उच्च माध्यमिक तहको लागि
नेपाली विषयशिक्षकको माग भएअनुसार म श्याम अधिकारीले रत्नराज्यलक्ष्मी क्याम्पस,
प्रदर्शनीमार्गबाट आई.ए., बी.ए. तथा त्रि–चन्द्र क्याम्पस, घण्टाघरबाट एम.ए. प्रथम
श्रेणीमा उत्तीर्ण गरी दुई वर्षसम्म उ.मा.वि.मा अध्यापन पनि गरिसकेको हुनाले र
अमरज्योति उ.मा.वि.मा अध्यापनरत हुनाले सो पदमा आफूलाई योग्य ठानी
प्रमाणपत्रका प्रतिलिपिसहित यो निवेदन पेस गरेको छु । यस उ.मा.वि. मा सेवा गर्ने
अवसर मिलेमा म आफ्नो पेसाप्रति लगनशील, इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भई
दायित्व पूरा गर्नेमा श्रमिान्लाई विश्वस्त गराउन चाहन्छु । श्रीमान्को जो आज्ञा ।
निवेदक श्याम अधिकारी
तुलसी भन्ज्याङ–३, स्याङ्जा, लामाचौर
सम्पर्क नं. ०६३–५५६६९९
0 Comments