(च) आलङ्कारिक अनुच्छेद ः शब्दबाट उत्पन्न हुने शब्दालङ्कार र अर्थबाट 

उत्पन्न हुने अर्थालङ्कार प्रयोग गरेर लेखिएको साहित्यिक अनुच्छेदलाई आलङ्कारिक अनुच्छेद भनिन्छ, जस्तै ः 

चरिचुच्चे काजी चुच्चे–चुच्चे अनुहारका चरिचुच्चे काजीलाई नचिन्ने मान्छे विरलै होलान् । उनी 

के हुन् त भन्ने भन्दा के होइनन् त भन्ने प्रश्न पहिले उठ्छ । नेता होइनन् भनूँ, कतिवटा पार्टीको प्रचारमन्त्री चलाइसके, अभिनेता होइनन् भनूँ— ४ वटा नाटकमा 

विदूषकको पाठ खेल्ने उनै । कवि होइनन् भनूँ, कवि सम्मेलनमा उनकै डाँको ठूलो, विद्वान् होइनन् भनूँ— जुन बेला भेटे पनि उनी ट्यूसनमा जान लागेको भन्छन् । 

यतिमात्र होइन, बुझक्कडमा उनी यतिसम्म थिए कि, वटु टोलदेखि गुच्चा टोलसम्म 

कसकसका घरको हालत के छ, कसकसको ल्याकत के छ, सबै उनलाई सधैं कण्ठस्थ । 

बोलक्कड यति थिए कि आफू बोल्न लागेपछि बिग्रेको रेडियोझँैं चार घण्टासम्म 

एकनास भट्भटाइरहन्थे । अब यस्तो बहुमुखी पतिभासम्पन्न मान्छ ्र े भेट्टाएपछि म अर्को महापुरुष खोज्न कहाँ गइरहूँ भन्ठानेर मैले भनेँ— “अहो ! काजी ! म तपाईलाइ (हिँडेको ।” काजीले फुरुक्क परेर भने— “लौ त, उसो भए १ कप चिया खुवाउनुहोस् !” 

गङ्गाजलले सूर्यलाई अघ्र्य भनेझैंँ महापुरुषलाई एक कप चिया को नख्वाउँदो हो ! (

साभार ः महापुरुषको सङ्गतबाट)