(ङ) विश्लेषणात्मक अनुच्छेद ः तथ्यपूर्ण विषयसँग सम्बन्धित तथ्यहरूलाई केलाएर 

निष्कर्ष निकालिने अनुच्छेदलाई विश्लेषणात्मक अनुच्छेद भनिन्छ । यसमा 

विषयवस्तुको सतही मात्र नभएर त्यसको भित्री गहिराइसम्म पुगेर विश्लेषण 

गरिएको हुन्छ, जस्तै ः 

नेपालमा जलस्रोतको महŒव 

 कृषिप्रधान र विकासोन्मुख देश नेपालको लागि जलस्रोत महŒवपूर्ण प्राकृतिक 

सम्पदा हो । हाम्रो देशका नब्बे प्रतिशतभन्दा बढी व्यक्तिहरू कृषि पेशामा संलग्न भई कृषि–उत्पादनमा पूर्णतः आश्रित भएकाले सदैव मनसुनी वर्षामा मात्र निर्भर हुँदा कृषि 

क्षेत्रमा अनावृष्टि, अतिवृष्टि आदिको भय मात्र हुने होइन विकास पनि कहिल्यै हुन 

सत्तैmन । त्यसकारण कृषि उत्पादनमा वृद्धि गरी आत्मनिर्भर रहन र विदेशमा 

निर्यातसमेत गर्न जलस्रोत महŒवपूर्ण स्थान छ । अर्को कुरा, यहाँका अधिकांश जनता 

विदेशबाट चर्को मूल्य तिरेर आयात गरिएको मट्टीतेलको प्रयोग गरेर टुकी बत्ती बाली 

आफ्नो जीविका चलाउन बाध्य छन् । तसर्थ विद्युत्शक्ति उत्पादन गरी देशलाई औद्योगीकरणतिर लम्काउने र मट्टीतेलको आयात कम गरेर देशको विदेशी मुद्राको व्ययभार कम गराउने प्रमख साधन पनि जलस ु ्रोत हो । यसरी नै प्रत्येक प्राणीलाई बाँच्नका लागि नभई नहुने तŒव पानी पिउन र अन्य आवश्यक सरसफाइ गर्न पनि 

जलस्रोतमै निर्भर हुनुपर्छ । अतः कृषि, उद्योग, व्यापार आदि क्षेत्रको विकास गरी 

नेपाललाई समृद्ध पार्न जलस्रोतको स्थान सर्वाेपरि छ । 

शिक्षण निर्देशिका (उ.मा.शि.प., २०५५)