घ) भावनात्मक (भावात्मक) अनुच्छेद ः मनमा उर्लिएका तीव्र भावनालाई थोरै यथार्थ र धेरै काल्पनिक रङ्गमा रङ्गाएर अभिव्यक्त गरिने भावप्रधान अनुच्छेदलाई भावनात्मक अनुच्छेद भनिन्छ, जस्तै ः 

पुकारा किन यत्रो भार बोक्छौ ईश्वर ? “बालकको लागि ।” किन यति रोएको दुनियाँ ? “रक्षा 

गर्नका लागि ।” हामी यत्रो ताप खप्तछौ किन ? बालकको “शिशुलाई रक्षा गर्न, पाल्न 

पोस्न ।” बालक हाम्रा देवता हुन् । दुनियाँको सारा कर्म उनलाई पूजा गरिरहेछन् । पृथ्वी 

अन्न उमार्छिन्, मनुष्यका छोराछोरी पाल्नका निम्ति तेरो सबभन्दा ठूलो धन के मान्छे ? 

मेरो नाबालक मर्दा के चाहन्छस् मनुष्य ? “मेरो नाबालकको संरक्षण र तिनको भलाइ 

।” हे महायुद्ध हो ! हे धर्मसमर हो ! किन तिमीहरु धरातललाई हल्लाउँछौ ? “बालकको लागि ।” तब जुन दिनदेखि म पिता बनें, म परमेश्वरको अंश लिएर संसारका दुःख 

पाउन थाले । मेरो सांसारिक क्लेश शिशुका प्रेमले आनन्द बनिरहेछन् । म दुनियाँ बनाउन चाहन्छु, बिर्गान चाहन्नँ, किनभने म बालकहरूको प्रेमी छु । (साभार ः नेपाली 

व्याकरण, बोध र अभिव्यक्ति)