एकाइ २ ः अनुच्छेदलेखन र पत्ररचना
(क) अनुच्छेदलेखन
१. अनुच्छेदलेखनको परिचय
एक वा एकभन्दा धेरै वाक्यहरू मिलेर बनेको भाषिक अभिव्यक्तिलाई अनुच्छेद
भनिन्छ । अनुच्छेदलेखन भन्नाले निश्चित विषयलाई तोकिएको शैलीमा सिलसिला
मिलाएर वाक्यसमूहको रचना गर्ने भन्ने बुझिन्छ ।
भाषिक संरचनाका क्षेत्रमा वाक्यभन्दा माथिल्लो र सङ्कथनभन्दा तल्लो एकाइलाई अनुच्छेद भनिन्छ । अनुच्छेद कुनै एक विषयको निश्चित शीर्षकमा तोकिएको शैलीलाई आधार मानेर स्वतन्त्रपूर्वक अभिव्यक्त गरिने खँदिला वाक्यहरूको समूह हो । यसलाई अङ्ग्रेजीमा प्याराग्राफ ९एबचबनचबउज० भनिन्छ । अनुच्छेद एउटै प्रसङ्गका विभिन्न
वाक्यद्वारा बाँधिएको शृङ्खलाबद्ध रचना हो । यसमा आउने वाक्यहरू जथाभावी रूपमा
प्रयोग नभएर क्रमबद्ध वा शृङ्खलीकृत भई अन्तर्सम्बन्धित रूपमा सिक्री वा जालोझैं जेलिएर एउटा विषय वा प्रसङ्ग समेिटएका हुन्छन् । अनुच्छेदमा पाँच–छओटा वाक्यदेखि
बढीमा बाह्र–पन्ध्रओटा वाक्यहरू रहेका हुन्छन् । अनुच्छेद एउटा अनुच्छेदमा लेखिने भए
पनि यो आदि, मध्य र अन्त्य भागको शृङ्खलामा आबद्ध हुन्छ । यसको आदि भागमा
रहने भूमिका वा विषयपरिचयलाई १–२ वाक्यमा, मध्यभागमा रहने विषयवस्तुको विस्तारलाई ८–१० वाक्यमा र अन्त्यभागमा रहने निष्कर्षलाई १–२ वाक्यमा समेट्नुपर्छ ।
अनुच्छेदको सुरुमा विषयपरिचयको रूपमा आएको वाक्यसँग त्यसपछिका अन्य वाक्यहरू
अन्तर्सम्बन्धित भएर आउनुपर्छ र वाक्यहरू छोटा खालका हुनु प्रभावकारी मानिन्छ ।
अनुच्छेदको संरचना
क) आदिभाग (भूमिका भाग वा विषयपरिचय) ः यो अनुच्छेदलेखनको उठान वा
प्रारम्भ भाग हा । यसमा भन्न ख े ोजिएको कुरा शीर्षकको परिचय स्वरूप भावपूर्ण एक–दुई वाक्य लेखिन्छ ।
ख) मध्यभाग (विषयविस्तार) ः यो अनुच्छेदलेखनको महŒवपूर्ण भाग हो । यसमा
आवश्यकतानुसार विषयवस्तुको विस्तार गरिन्छ । यो ८–१० वाक्य भन्दा लामो हुनुहुँदैन ।
ग) अत्यभाग (उपसंहार वा समापन) ः यो अनुच्छेदलेखनको निष्कर्ष वा सार भाग हो ।
यसमा विषयवस्तुको गुदो÷गुदीलाई दुई–तीन वाक्यमा निकालेर देखाइन्छ । २. अनुच्छेद लेख्दा ध्यान दिनुपर्ने कुराहरू
(क) सर्वप्रथम छनोट गरिएको विषयवस्तुको शीर्षक चयन गर्ने, दिइएको शीर्षक भए
त्यससँग सम्बन्धित विषयवस्तुमाथि विभिन्न प्रश्नहरू खडा गरी गहिरो चिन्तन
मनन गर्ने, (ख) चिन्तनमननबाट ठम्याइएका महŒवपूर्ण बुँदाहरू टिप्दै जाने, (ग) टिपिएका बुँदाहरूलाई आदि, मध्य र अन्त्यको शृङ्खलामा राख्ने, (घ) अनुच्छेद कुन शैलीमा लेख्ने हो, चयन गर्ने वा तोकिएको शैलीलाई अपनाउने, (ङ) शीर्षक र विषयवस्तुमा केन्द्रित भएर चयनित वा तोकिएको शैलीमा लेख्दै जाने, (च) लेखन विशृङ्खलित, अस्पष्ट नबनाई क्रमबद्ध र पूर्ण बनाउने, (छ) आदि र अन्त्य भाग केही वाक्यमा लेख्ने तर मध्य भागलाई विस्तार गर्ने, (ज) परिमार्जनका साथ साफी गरिएको अनुच्छेदको सिरानमा शीर्षक लेख्ने, (झ) अनुच्छेद केवल एक अनुच्छेदमा मात्र लेख्ने । ३. अनुच्छेदका प्रकार
लेखनशैलीका दृष्टिले अनुच्छेदलाई विभिन्न प्रकारले हेर्न सकिन्छ ः
ज्ञठण्÷ प्रयोजनमूलक नेपाली व्याकरण
क) आत्मपरक (निजात्मक) अनुच्छेद ः लेखक स्वयं विषयवस्तुभित्र पसेर आफ्ना
मनमा लागेका विचारलाई म, हामी, आफू आदि सर्वनामका माध्यमद्वरा
आभिव्यक्त गरिएको अनुच्छेदलाई आत्मपरक शैलीको अनुच्छेद भनिन्छ, जस्तै ः
साथी
कुनै फाँटमा केही दिनअघि त्यस्तै झरीको साँझ एक जना तन्नेरीलाई पनि मैले छाता ओढाएको थिएँ । उनी मेरै गाउँनजिकैको अर्को गाउँमा बस्ने सिपाही रहेछन् र
त्यस साँझ एक जना मन्त्रीज्यूको ढोकामा आफ्नो ड्युटी सिध्याएर फर्केका रहेछन् । मैले उनलाई उनको दैलैसम्म पु¥याइदिएको थिएँ र त्यस चिनारीले हामीलाई पछि पनि एक
दोस्राको साथी तुल्याएको थियो । (‘आइमाई साथी’ निबन्धबाट साभार)
ख) वस्तुपरक अनुच्छेद ः लेखक तटस्थ रहेर कुनै एक विषय वा शीर्षकलाई केन्द्र बनाई त्यससंग सम्बन्धित भएर तथ्यलाई वर्णनात्मक शैलीमा लेखिएको अनुच्छेदलाई वस्तुपरक अुनच्छेद भनिन्छ, जस्तै ः
लागूपदार्थ दुव्र्यसन र यसका परिणामहरू
मादक वस्तु वा नशादार पदार्थलाई लागूपदार्थ भनिन्छ र यसको सेवनबाट राष्ट्र र
विश्व समुदायले ठूलो दुष्परिणाम व्यहोर्नुपर्ने हुन्छ । वस्तुतः लागूपदार्थको दुव्र्यसनले आजका युवापिँढीलाई बढी आक्रान्त पारेको छ । खास गरी ग्रामीण युवायुवतीलाई भन्दा
सहरिया युवायुवतीहरू यस किसिमको कुलतबाट प्रभावित भएका देखिन्छन् ।
विकासोन्मुख राष्ट्रहरूमा देखिने यस्तो प्रवृत्तिका कारण सामाजिक तथा आर्थिक
संरचनामा नराम्रो असर पु¥याएको छ । लागूपदार्थ यस्तो चीज हो, जसलाई एकपटक
सेवन गरेपछि फेरि त्यसलाई छोड्न सकिन्न । चरेस, हिरोइन, स्म्याकजस्ता लागूजन्य
पदार्थहरू विश्वका कैयौं मुलुकहरूमा किनबेच हुने गर्छन् । यसको सेवनबाट राष्ट्रकै अनमोल सम्पत्ति मानिएका युवायुवतीहरूको अकालमै मृत्यु हुने मात्र होइन, त्यसको सेवनले पारिवारिक विखण्डन, झगडा, तनाव र आर्थिक अवस्थासमेत डामाडोल हुन
पुग्छ । कुलतमा लागेका युवायुवती परिवार र देशका निम्ति नै भार बन्न पुग्छन् ।
लागूपदार्थ सेवन गर्ने प्रवृत्ति सहरिया नवधनाढ्य वर्गमा बढी देखिने गर्छ । यसबाट बच्न
चेतनामूलक कार्यक्रमहरू सरकारी र गैरसरकारी वर्गबाट सञ्चालन हँुदै आए पनि ती
कार्यक्रमहरू प्रभावकारी बन्न सकेका छैनन् । यसबाट देश र विश्वले नै सामाजिक,
आर्थिक आदि अनेकौं दुष्परिणामहरू बेहोर्नुपरिरहेको छ ।
ग) आख्यानात्मक (कथात्मक) अनुच्छेद ः घटना र चरित्रलाई क्रमबद्ध रूपमा जोडेर
कथात्मक ढंगले प्रस्तुत गरेर लेखिएको अनुच्छेदलाई आख्यानात्मक अनुच्छेद
भनिन्छ, जस्तै ः
आइमाई साथी मेरो डेरा सहर नजिकैको गाउँमा थियो । आफ्नो कामका निम्ति मैले नित्य सहर
जानुपथ्र्यो । मेरो छिमेकमा एक जना आइमाई मेरै उमेरकी थिइन् । उनी पनि किनमेल
र आफ्ना इष्टमित्रसँग भेटघाट गर्न दिनहुँ भनेजसो सहर जाने गर्थिन् । म भर्खरै त्यस
गाउँमा बस्न गएकाले त्यहाँका सबैजसो मानिस मेरा निम्ति नौला थिए । यी आइमाई भने छिमेकी भएकी हुनाले कहिलेकाहींँ बोलचालसम्म हुन्थ्यो । एकदिन उनी सहर जाने बेला पारेरै म पनि हिँडे । सधैँ एक्लै भनेजसो हिँड्नुपर्ने हामी दुबै थरीलाई त्यस दिन
कुरा गर्दै सहर जान पाउँदा बाटो काटेको पत्तो भएन, मानौ आँखा एकचोटि झिम्म
होउन्जेलमै हामी गाउँबाट सहर पुगिहाल्यौं । सहरबाट फर्कँदा प्राय घाम डुब्ने बेला
हुन्थ्यो र कहिलेकाहींँ त झमक्क सा ै ँझ पनि
परिहाल्थ्यो । घर आइपुग्ने बेलामा अलिकता बाटो डरलाग्दो खालको थियो । सहर
पुगेपछि केही असजिलो मानेझैँ गरी भरे पनि सँगै फर्कन पाए हुन्थ्यो भन्ने कुरा उनले चुहाइन् । साँझमा हामीसँगै फक्र्यौँ पनि । फर्कंदा मैले अबदेखि सहर जाँदाआउँदा
सकभर सँगै जाने आउने कुरा चलाएँ । अनि त्यस्तै हुन थाल्यो । मैले एक जना
आइमाई साथी छिट्टै बनाइहालेँ । (साभार ः आइमाई साथी)
0 Comments