३. तलको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ः १०
विज्ञान र प्रविधिका क्षेत्रमा विकास गर्दै औद्योगिकीकरणका माध्यमबाट अहिलेको उन्नत अवस्थामा
आइपुगेर पनि मान्छे वातावरणीय प्रदूषणका मारबाट उम्कन सकेको छैन । औद्योगिक प्रतिष्ठानको
ज्ञटड÷ प्रयोजनमूलक नेपाली व्याकरण
सञ्चालनबाट निस्केको धुवाँको मुस्लोमा सल्फर, नाइट्रोजन र कार्बनका अक्साइडहरू हुन्छन् । यिनले वायुमण्डललाई दूषित बनाउँछन् । यसै गरी उद्योगहरूबाट सामग्री उत्पादनपछि निस्केको फोहोर पदार्थले पनि खोला र नदीका पानीको स्वच्छता नासिएर पानी दूषित हुन जान्छ र जलचर प्राणीको अस्तित्वका
लागि आवश्यक अक्सिजनको भाग घटेर सिसाल, पारो क्रोमियम, जिङ्क, सल्फेट्स, नाइट्रेस आदिको मात्रा
बढ्न जान्छ । यसरी हावा र पानीको प्रदूषणबाट थलचर जलचर सबै प्राणीको अस्तित्व खतरामा पुग्दछ ।
कलकारखाना चल्दा निस्कने आवाजले कामदार लगायत वरपरका जनतालाई पनि प्रतिकूल असर पार्दछन् । बढ्दो यातायातका साधनहरूको प्रयोगले पनि चर्को आवाज आइरहने हुँदा ध्वनिप्रदूषणलाई अझ
बढाइरहेको कुरा स्वतः स्पष्ट छ । हाम्रो कानले ७५ डेसिवलभन्दा बढी ध्वनि धेरै समयसम्म सुनिरहन
सक्तैन । औद्योगिक प्रतिष्ठान र सवारी साधनबाट निस्कने ध्वनि ७५ डेसिबलभन्दा बढी हुने भएकाले यस्तो वातावरणमा कानेको जाली फुट्ने, अचेत हुने, झनक्क रिसाउने, रक्तचाप बढ्ने, निद्रा नलाग्ने, बढी
थकाइ लाग्ने र अल्सर तथा मुटुसम्बन्धी रोगहरूसमेत लाग्दछन् भन्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
औद्योगिक फोहोरको व्यवस्थाले पानीसँगै बगेर त्यस्तो फोहोर खेतबारीमा पुगेपछि खेतबारीको माटो बिग्रन्छ अनि फोहोरमा भएका हानिकारक, गह्रौ धातुहरूले बोटबिरुवालाई असर पार्दछ । यसरी बोट–
बिरुवा र बालीनालीका माध्यमबाट त्यस्ता हानिकारक तत्व मानिसका शरीरमा समेत प्रवेश गर्दछन् ।
कारखानाको धुवाँ–धूलो आदिबाट हुने वायुमण्डलीय प्रदूषणले आँखा, नाक, घाँटी पोल्न तथा पक्षघात, बाथ
र क्यान्सरलगायत श्वास–प्रश्वाससम्बन्धी रोगहरू लाग्न सक्छन् भने दूषित पानीबाट टाइफाइड,
प्याराटाइफाइड कमलपित्त, पखाला, जुका, लुतो आदि रोगहरू लाग्नसक्छन् भन्ने चिकित्सकहरूको विचार
छ । औद्योगिक फोहोरका रूपमा पानीमा मिसिएका हानिकारक गह्रौं धातुहरूको सेवनले मानिसमा अन्धो तथा बहिरोपन, बौद्धिक क्षमतामा कमी, वंशाणु परिवर्तन, मस्तिष्क कोषको नाश, स्नायुप्रणालीमा असर,
मांसपेशी, सङ्कुचन र मानसिक तनावजस्ता रोगहरू लाग्नसक्छन् ।
प्रश्नहरू
क. वातावरणीय प्रदूषण भनेको के हो ?
ख. दूषित पानीका के–कस्ता दुष्परिणामहरू हुन्छन् ?
ग. हाम्रो अधिकतम श्रवण क्षमता कतिसम्म हुन्छ ?
घ. यस अनुच्छेदका लागि उपयुक्त शीर्षक के हुन सक्छ ?
ङ. रेखाङ्कित पद र पदावलीको तात्पर्य के हो ?
च. ‘वातावरणीय’ र ‘औद्योगिक’ शब्दमा लागेका प्रत्ययहरूबाट त्यस्तै एक–एक शब्द बनाउनुहोस ।
४. माथि १, २, ३ प्रश्नमा दिइएका अनुच्छेदहरूबाट ५÷५ ओटा मुख्यमुख्य बुँदाहरू टिप्नुहोस् ।
५. माथि दिइएका अनुच्छेदहरूको सङ्क्षेपीकरण गर्नुहोस् ।
0 Comments