२. निम्नलिखित अनुच्छेदक पढी सोधिएका प्रश्नहरूको छोटोछरितो र स्पष्ट उत्तर दिनुहोस् ः १०
कुनै पनि मुलुकको आर्थिक विकासमा जति भौतिक तथा प्राकृतिक साधन–स्रोतको भूमिका रहन्छ त्योभन्दा
बढी महŒवपूर्ण भूमिका मानवीय पूँजी वा जनशक्तिको हुने गर्दछ । मानवीय ज्ञान, सीप, श्रम तथा
कार्यकुशलता, सिर्जनाशीलता र उत्पादशीलता जस्ता मानवीय पूँजी वा जनशक्तिको निर्माण हुन सकेन वा
त्यसको यथेष्ट उपयोग गर्न सकिएन भने प्राकृतिक साधन, स्रोत र सम्पदा यथेष्ट मात्रामा भएर पनि
मुलुकको आर्थिक विकास हुन सक्दैन । मानवले उपलब्ध प्राकृतिक तथा भौतिक सम्पदाहरूको व्यापक
रूपमा मानवीय हितमा उपयोग गर्न खोज्यो र जान्यो पनि । प्रकृतिको विशाल भण्डारको उपयोग र
प्रकृतिबाट प्रेरणा प्राप्त गरेर नै ज्ञान, विज्ञान, कला, साहित्यको विकास भएको हो । त्यसैले कुनै पनि
व्यक्ति, समाज र राष्ट्रको आर्थिक वा अन्य कुनै प्रकारको उन्नतिमा मानवीय पूँजी अगुवा बनेको देखिन्छ ।
परन्तु हामीसँग प्राकृतिक स्रोत तथा सम्पदा पर्याप्त मात्रामा भएर पनि दक्ष मानवीय पूँजीको अभावमा
त्यसको उपयोग गर्न नसकेर पछि परेका छौं । अर्थात् प्राकृतिक साधन र सम्पदाका दृष्टिले सम्पन्न भएर
पनि त्यसलाई उपयोगमा ल्याउने उच्च दक्ष जनशक्ति नभएर हामी पछि परेका छौं । उदाहरणका रूपमा
हामीसँग मृतसञ्जीवनी जस्ता लाखौं जडीबुटीले भरिएको वन्य सम्पदा र अपार जलस्रोत सम्पदा छन् ।
तर त्यसको उपयोग गर्न नसकेर एकातिर हामी रोगले ग्रस्त छौं भने अर्कातिर हामी अन्धकारभित्र
अलमलिएका छौं, दियालो बालेर बस्नुपरेको छ । त्यसैले पनि प्राप्त प्रकतिका ृ े देनहरूको अधिकाधिक
उपयोग गरेर देशको आर्थिक उन्नति गर्न पनि सर्वप्रथम मानवीय पुँजीकै आवश्यकता हुने हुँदा मानवीय
पुँजी निर्माण गर्नु नै राष्ट्रको दायित्व र आजको आवश्यकता बनेको छ ।
प्रश्नहरू
(क) मानवीय पुँजी भनेको के हो ?
(ख) मानवीय पुँजीबाट के–के प्राप्त गर्न सकिन्छ ?
(ग) हामीलाई मानवीय पूँजी किन आवश्यक छ ?
(घ) उपर्युक्त अनुच्छेदका निम्ति उपयुक्त शीर्षक के हुन सक्छ ?
(ङ) रेखाङ्कित पद–पदावलीको तात्पर्य के हो ?
(च) सिर्जनशीलता र अलमलिएका शब्दमा के–कति प्रत्यय छन् ? छुट्याउनुहोस् ।
0 Comments