तलको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ः
सबै जसो विकासशील र अविकसित मुलुकहरूमा जनसङ्ख्या परिवर्तनबाट समष्टिगत आकार विस्तार हुँदा
देशहरूले तीव्र जनसङ्ख्या वृद्धिका बहुपक्षीय समस्याहरू भोग्दै आउनुपरेको छ । यस स्थितिले विकासशील
देशहरूलाई मात्र होइन अपितु विश्व जनसङ्ख्या स्थितिलाई नै प्रभावित पार्दै पाएको छ । वर्तमानमा
जनसङ्ख्या वृद्धिजन्य दुष्परिणामहरूले गर्दा विश्वको चिन्तन जनसङ्ख्या वृद्धिदरमा नियन्त्रण सन्तुलन
कायम गर्ने भन्नेतर्पm केन्द्रित हुँदै आएको छ । यतिखेर विश्वले प्राकृतिक प्रकोपहरूका साथै बाढी, पहिरो, भूक्षय, स्रोत विनाशजस्ता वातावरणका थुप्रै विनाशका समस्याहरू झेल्नु परेको छ । जीवन र जगत्को वातावरणीय चक्र नै बिग्रन पुगी जीवनको अस्तत्व बचाइराख्न कतैबाट अदृश्य सङ्कट उत्पन्न त हुने होइन
भन्ने सोचले जनसङ्ख्या वृद्धि र विकासको पक्षलाई सताइरहेको छ । जनसङ्ख्या अनियन्त्रित वृद्धिदरले आर्थिक विकासलाई अघि बढाउन त समस्या प¥यो, यसलाई स्थायित्व दिनसमेत अब कठिनाइ पर्ने अवस्था
देखिइरहेको छ । यसरी नै जनसङ्ख्या वृद्धिदरलाई छाडा छोड्दै जाने हो भने सायद विश्वको उन्नति र
विकासले भावी सन्ततिहरूको उन्नति र प्रगतिको पथद्वारलाई अवश्य अवरुद्ध गरिदिनेछ भन्ने उदाहरणहरू
विश्वले यत्रतत्र भोग्दै आउनुपरेको छ । त्यस्तै जनसङ्ख्या वृद्धिदर सन्तुलित हुन नसक्दा यसबाट उत्पन्न
दुष्परिणामहरू झन्झन् थपिदै र बढ्दै गइरहेका छन् । अतः यस्ता विसङ्गतिहरू हटाउन प्रथमतः यस
समस्याहरूको मूल जरो पहिचान गरी आवश्यक उपचारात्मक विधि अपनाउनु अत्यन्त समयासपेक्ष कदम
हुन पुगेको छ ।
(क) विश्वले जनसङ्ख्या वृद्धिलाई किन वातावरणीय समस्याका रूपमा लिएको छ ?
(ख) उक्त अनुच्छेदमा आर्थिक स्थायित्वका लागि कस्तो नीति अपनाउने सल्लाह पाइन्छ ?
(ग) जनसङ्ख्या वृद्धिद्वारा प्रभावित कुनै तीन पक्षलाई सूचीबद्ध गर्नुहोस् ।
(घ) यस अनुच्छेदलाई सुहाउने शीर्षक राख्नुहोस् ।
(ङ) यस अनुच्छेदमा ‘प्रयुक्त’ पथद्वारा र ‘वातावरणीय चक्र’ पद–पदावलीको अर्थ खुल्ने गरी वाक्य
बनाउनुहोस् ।
(छ) ‘दुष्परिणामहरू’ र ‘प्रकोपहरूको’ पदहरूलाई व्युत्पादक र रूपायक एकाइहरूमा छुट्टयाई देखाउनुहोस् ।
0 Comments