सङ्क्षेपीकरण 

१. सङ्क्षेपीकरणको परिचय 

 कुनै पनि लामो पाठलाई राम्ररी पढी त्यसको महŒवपूर्ण कुरा वा मूल मर्मलाई

नछाडी एक तृतीयांश शब्दमा छोटो बनाई पुनर्लेखन गर्ने प्रक्रियालाई सङ्क्षेपीकरण 

भनिन्छ । सङ्क्षेपीकरण गरिएको रचनालाई सारांश, सार, मजबुत वा तेरिज पनि 

भनिन्छ । 

 सङ्क्षेपीकरणमा मौखिक वा लिखित सामग्रीका महŒवपूर्ण कुरा वा मूल सारलाई

खिँचेर एक तृतीयांशको आयाममा पुनर्लेखन गरिन्छ । अनावश्यक अप्रासङ्गिक र 

पुनरावृत्ति भएका लामा सामग्रीलाई सङ्क्षिप्त पार्दा सान्दर्भिक रूपमा आदि, मध्य र 

अन्त्यको शृङ्खला मिलाउनुपर्छ । संक्षिप्तता, सुसम्बद्धता, मितव्ययिता, क्रमिकता, 

भावसमन्वयता, पूर्णता, स्पष्टता, खँदिलो विशेषता बोकेको यो छोटो भएर पनि आफैंमा 

पूर्ण हुन्छ । सङ्क्षेपीकरण गर्दा मूल अंशको सार खजमजिनु हुँदैन । यो त छोक्रा फ्याँकेर 

रस लिनुजस्तै हो । यो मौलिक, सङ्क्षिप्त, कसिलो र अप्रत्यक्ष कथनमा रहेको हुन्छ । 

सारांश सधैं एकै अनुच्छेदमा लेखिन्छ । सारांश लेखिसकेपछि त्यसको सार आउने गरी 

शीर्षकसमेत दिनुपर्छ । 

 यसरी सङ्क्षेपीकरण भनेको मूल अंशको एकतृतीय अंश हो । समासशैलीको प्रयोग 

गरेर र प्राविधिक शब्दको प्रयोग गरी सङ्क्षिप्तताभित्र पूर्णता दिँदै अप्रत्यक्ष कथनमा 

क्रमबद्ध ढङ्गले तयार पारिएको रचना विशेष नै सङ्क्षेपीकरण हो । यसले सचेत पठनको

विकास, धेरै कुरालाई बुझेर थोरैमा मूलमर्मलाई लेख्न सक्ने सीपको विकास र पढेका 

कुरालाई छिटो र ठीक ढङ्गमा लिन सक्ने क्षमताको वृद्धि गर्दछ ।