वास्तवमा परिवार भनेको एउटा सामाजिक संस्था हो, जहाँ उपलब्ध 

स्रोतसाधनहरूलाई आफ्ना सदस्यहरूका बीच सामूहिक उपयोग गरी आत्मिक 

सम्बन्ध राखी सुरक्षित जीवनयापन गरिने हुन्छ । परिवाररूपी संस्थामा रहँदा 

सदस्यहरूबीच एकले अर्काेलाई सहयोग र मायाममता गर्ने हुन्छन् । यसबाट 

आफ्नो वंश, परम्परा र संस्कार कायम हुने र वंशक्रम निरन्तर हुने कार्य 

हुन्छ । परिवार स्वरूपको दृष्टिले विभिन्न किसिमको हुन सक्छ । तर परिवारभित्र 

निर्णय गर्ने शक्तिको उपयोगको दृष्टिले मातृसत्तात्मक र पितृसत्तात्मक स्वरूपका 

परिवारहरू हुन्छन् भने संगठनको ढाँचा र आकारअनुसार एकल, संयुक्त विस्तारित 

परिवारहरू पनि पाइन्छन् । नेपालको सन्दर्भमा एकल वा एकात्मक परिवार र 

संयुक्त वा विस्तारित गरी दुई किसिमको ढाँचा रहेको पाइन्छ । एकल परिवार 

अति सानो र प्रारम्भिक स्वरूपको परिवार हो । यस्तो परिवारमा लोग्ने, स्वास्नी र 

तिनका सन्तान रहेका हुन्छन् । वास्तवमा एकात्मक परिवार समाजको आधारभूत 

संगठित एकाइ हो । यो एकाइ आत्मनिभर र स्वतन्त्र र्ह  ुन्छ । यसका 

सदस्यहरूबीच आपसमा बढी मात्रामा आत्मीयता र मायाममता हुन्छ । यस्तो

परिवारमा बढी गोपनीयता रहने सम्भावना रहन्छ । एकात्मक परिवारमा दुई

दम्पती र छोराछोरी मात्र रहने हुँदा सम्पूर्ण कार्यमा दम्पतीकै जिम्मेवारी हुन्छ । 

सन्तानको लालनपालनबाहेक स्रोत–साधन जुटाउनु र सुरक्षाको व्यवस्था गर्नु सबै

काम आमाबाबुको थाप्लोमा पर्दछ । बालबच्चा हुर्काउन आवश्यक सहयोग र 

आवश्यकता पर्दा अन्य सहयोग दिने बुढाबुढी वा अन्य आफन्तको अभावले

दम्पतीलाई कठिनाइ पर्ने हुन्छ । त्यस्तै संयुक्त वा विस्तारित परिवारमा आमाबाबु, 

बाजेबज्यै, काकाकाकी, अझ जिजुबुबा–बज्यैसँगै बसी सामूहिक रूपमा आर्थिक, 

सामाजिक तथा अन्य कार्य गर्ने गरिन्छ । यस्ता परिवारमा एकभन्दा बढी दम्पती 

पनि हुन सक्छन् । धेरै व्यक्ति विभिन्न उमेर समूहका सदस्यहरू हुनाले संयुक्त 

परिवारमा बढी मात्रामा सेवा, सुविधाहरू पु¥याउन सकिने, ससाना 

बालबालिकाहरूको उचित हेरचाह हुने, वंशानुगत संस्कार नयाँ पीँढीमा 

स्थानान्तरण हुने सम्भावना बढी हुन्छ । तर परिवारका सदस्यहरूबीच आत्मिक र 

भावात्मक सम्बन्ध त्यति गहन र दरिलो नहुन सक्छ । त्यस्तै गोपनीयता पनि कम 

हुन्छ । हाम्रो देशमा उक्त दुवै किसिमका परिवारहरू पाइए तापनि अधिकांश 

परिवारहरू एकल परिवारमा बस्न रुचाउने गर्दछन् । (ज.वा.के.प. ०५४ ः ४६) 

बोध र शब्दभण्डार तथा बु“दाटिपोट र सङ्क्षेपीकरण÷ज्ञट