बौद्धिक रूपले सक्षम नागरिक उत्पादन गर्ने शिक्षा क्षेत्र पनि जनसंख्यावृद्धिका 

कारणले अस्तव्यस्त हुन पुगेको छ । दिनानुदिन बढ्दै गएका विद्यार्थीहरूका निम्ति 

पर्याप्त विद्यालयभवनहरू, शिक्षकहरू, शैक्षिक सामग्रीहरू र अन्य आवश्यक पूर्वाधारहरू 

उपलब्ध गराउन सकिएको छैन । विद्यमान शैक्षिक पूर्वाधारमा विद्यार्थीहरूको चाप 

बढ्नाले शिक्षाको सुविधा र गुणस्तर खस्केर गएको छ । त्यस्तै स्वास्थ्यसेवा र सुविधाको

पक्ष पनि जनसंख्या वृद्धिका कारण अभाव र अपर्याप्त अवस्थामा पुगेको छ । अस्पताल, 

स्वास्थ्यकेन्द्र, स्वास्थ्यचौकी, डाक्टर, नर्स आदिको संख्या बढाउँदै लगिएको भए पनि 

जनसंख्यावृद्धिको चापले गर्दा मानिसले आवश्यकताअनुसार सरल ढंगले स्वास्थ्य सेवा र 

सुविधाहरूको प्रयोग गर्न पाइरहेका छैनन् । रोगीहरूको संख्या बढ्नाले अस्पताल र 

डाक्टरहरूका क्लिनिकहरूमा जनचाप बढिरहेको छ र चाहिएको बेलामा औषधि उपचार 

पाउन कठिन भएको छ । राम्रो उपचारका निम्ति रोगीले महिनौ दिनसम्म कुर्नुपर्ने

अवस्था देखिएको छ । जनसंख्याको अनियन्त्रित वृद्धिदरले मानवीय मूल्य नै हराउन 

थालेको छ । व्यक्ति स्वार्थान्ध हुँदै गएकाले समाजमा चोरी, डकैती, ठगी, झैझगडा, 

लुटमार, हत्या, बलात्कार जस्ता सामाजिक अपराधहरू बढ्न गएका छन् । (शब्दसंख्या 

१४२) 

 जनसंख्यावृद्धिको दुष्परिणा